|
2012-02-22 02:06:48 भारत सरकारले मंगलबार पहिलो पटक (आराईपी) मा आधारित मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय तथ्यांक कार्यालयद्वारा जारी तथ्यांकअनुसार जनवरीमा भारतको उपभोक्ता मुद्रास्फीति (सीपीआई) ७.६५ प्रतिशत रह्यो ।
२०११ को जनवरीमा नयाँ सीपीआई ल्याएपछि वार्षिक मापनको आधारमा यो भारतको पहिलो वास्तविक मुद्रास्फीति दर हो । केन्द्रीय तथ्यांक कार्यालयले जनवरीमा ग्रामीण क्षेत्रको उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति दर ७.३८ प्रतिशत र सहरी क्षेत्रमा ८.२५ प्रतिशत रहेको जनाएको छ । विभागले प्रत्येक महिना ग्रामीण र सहरी क्षेत्रको उपभोक्ता मोल्यको मुद्रास्फीतिको तथ्यांक सार्वजनिक गर्ने गरेको छ ।
तथ्यांक एवम् योजना कार्यान्वयन राज्यमन्त्री श्रीकान्त जेनाले विस्तृत उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति दरको माग लामो समयदेखि नै रहेको बताए ।
यसअघि सार्वजनिक गर्ने गरिएको थोक मूल्यमा आधारित मुद्रास्फीति दर (डब्लूपीआई) ले देशमा रहेको जनसंख्याको सबै वृत्तलाई समावेश गरेको थिएन भने मूल्य अवस्थाको यथार्थ तस्बिरको पनि प्रतिनिधित्व गरेको थिएन । त्यसैले नयाँ पद्दतिमा आधारित सीपीआई तयार पार्न आवश्यक भएको महसुस गरिएको सरकारले बताएको छ । जसले जनसंख्याको सबै वृत्तको उपभोक्ताको ढाँचा समावेश गर्छ । 2012-02-22 01:57:42 मंगलबार युरोपेली सेयर सात महिनाकै उच्च अवस्थाबाट ओरालो लागेको छ । ग्रीसले दोस्रो चरणको ऋणमुक्ति कार्यक्रम पक्का गरेसँगै अर्थतन्त्र निराशाजनक अवस्थामा प्रवेश गर्ने द्रणनीतिकारहरुले बताइपछि सेयर बजार ओरालो लागेको हो ।
युरोक्षेत्रक वित्त मन्त्रीहरुले मंगबार ग्रीसका लागि १ खर्ब ३० अर्ब युरोको ऋणमुक्ति सहयोग स्वीकृत गरेका थिए । निजी क्षेत्रबाट ऋणपत्र लिएकाहरुले ठूलो घाटा बेहोर्ने विषय मनाउन सफल भएको र एथेन्सले पनि ठूलो अन्तरको कटौती गर्ने प्रतिबद्वता जनाएपछि यो ऋणमुक्तिको सहयोग स्वीकृत गरिएको हो ।
कठोर अवस्थालाई त्यागे पनि हामी अझै कठोर क्षेत्रबाट पर गइसकेका छैनौं । ग्रीसको वृद्विको कुनै योजना बनाइएको छैन, सेभेन इन्भेस्मेन्ट म्यानेजन्टका निर्देशक जस्टिन अरकुहार्ट स्वेवार्टले भने ।
सम्पत्ती बजारले प्रगति गर्न कठिन पाएको छ । वृद्विको बाटो फेला नपर्दाको अवस्थामा बजारमा फर्कदै गरेको विश्वास ओझेलमा पार्नेछ । धितोपत्र बजारको सम्बन्धमा आममानिसले प्रतिरक्षात्मक कदम चाल्न सक्नेछन । हामीले धेरै मानिसले नदग थुपार्न थालेको देखेका छौ, उनले भने ।
खाद्यान्न उत्पादकका लागि भने धितोपत्र बजार सकारात्मक देखेका छौ, उनले भने ।
खाद्यान्न उत्पादकका लागि भने धितोपत्र बजार सकारात्मक भएको उनको विश्लेषण छ । 2012-02-21 04:16:10 जनवरीमा जापानको व्यापार घाटा कीर्तिमान उचाइमा पुगेको छ । येनको बलियो विनिमयले निर्यात प्रभावित भएको तथा परमाणु भट्टी दुर्घटनाले इन्धन आयात बढेपछि व्यापार घाटा अकसिएको हो ।
गत वर्षको दाँजोमा निर्यात ९.३ प्रतिशतले घटेको तथा आयात ९.८ प्रतिशतले बढेपछि व्यापार घाटा १५ खर्ब येन (१९ अर्ब) डलर कायम भएको छ ।
गत वर्षको मार्चमा आएको भूकम्प र सुनामीले ५४ परमाणु भट्टी बन्द भएपछि इन्धन आयातमा वृद्वि भएको छ भने मन्दीले प्रमुख बजारहरु अमेरिका र युरोक्षेत्रमा पनि जापानी निर्यात प्रभावित भएको छ ।
इतोचु आर्थिक अनुसन्धान संस्थाका योशिमासा मारुयामाले बिजुलीका लागि आवश्यक इन्धन र अन्य वस्तुको उच्च आयातका कारण समग्र आयात उच्च भएको बताए ।
गत वर्षको मार्च ११ मा गएको भूकम्प र सुनामीले फुकुसिमा दाइची परमाणु प्लान्टमा ठूलो क्षति पुग्यो र परिणामत: प्लान्टमा रेडियो विकिरण चुहावट भयो । प्रभावित क्षेत्रको वरपरबाट झन्डै ८० हजार मानिसलाई हटाइएको थियो । विकिरण चुहावटले देशमा परमाणु ऊर्जाको सुरक्षाप्रतिको चिन्ता बढाएको छ ।
परिणामत: जापानका प्रमुख परमाणु प्लान्ट बन्द भएपछि विद्युत् आपूर्तिकर्ताहरु बिजुलीका लागि परम्परागत थर्मल ऊर्जा केन्द्रमा जान बाध्य भएका छन् ।
ऊर्जा प्लान्ट सञ्चालनका लागि प्राकृतिक ग्यास र कोइला आवश्यक पर्ने देखिएको छ । यो अवस्थाले अन्य वस्तु आयात पनि बढाउने छ । 2012-02-21 03:54:27 इरानको तेल आयात जारी राख्ने भारतको निर्णय अमेरिकाका लागि दह्रो झापड भएको एक कूटनीतिज्ञले टिप्पणी गरेका छन् ।
अन्तर्राष्ट्रिय समुदायबाट तेहरानलाई एक्ल्याउने अमेरिकी प्रयास जारी रहेको अवस्थामा भारतको यो निर्णय आएको बुस प्रशासनमा भारत-अमेरिकाबीचको नागरिक परमाणु सम्झौताका प्रमुख व्यक्ति मानिने निकोलास बर्नसको टिप्पणी छ ।
भारतसँग निकटको सम्बन्ध रहेका सबैका लागि यो अत्यन्त निराशाजनक समाचार हो । भारतको यो निर्णयले तीन पूर्वामेरिकी राष्ट्रपतिको कार्यकालमा भारतीय सरकारसँग सफल रुपमा नजिकको र रणनीतिक साझेदारी स्थापना गर्ने प्रयासमा अवरोध सिर्जना भएको छ, राजनीतिक मामिलामा पूर्वउपमन्त्री बर्नसले द डिप्लोम्याट टुडे म्यागेजिनमा प्रकाशित एक टिप्पणीमा भनेका छन् ।
अन्तर्राष्ट्रिय समुदायले इरानमा लगाएको नाकाबन्दीबाट बाहिरिने निर्णय अमेरिकालाई झपड मात्रै नभई उसको नेतृत्वको क्षमतामाथि नै प्रश्न सिर्जना भएको छ, बर्नसको टिप्पणीमा भनिएको छ ।
कुल आयातको १२ प्रतिशत इरानी तेलमा निर्भर भारत आयात परिमाण घटाउने पक्षमा छैन । 2012-02-19 00:35:32 शुक्रवार एसियामा तेलको मूल्य बढेर प्रतिब्यारेल १ सय ३ अमेरिकी डलर पुगेको छ । अमेरिकी अर्थतन्त्रमा सुधार आउने संकेतले लगानीकर्ताको विश्वास बढाएको र विश्वभरको धितोपत्र बजार उकालो लाग्न सुरु भएपछि तेलको मूल्य बढेको हो ।
न्युरोर्क मर्कन्टायल एक्सचेन्जमा बेन्चमार्क कच्चा तलको मूल्यमा ४८ सेन्ट वृद्वि भई प्रतिव्यारेल १०२.७९ डलर कायम भएको छ । बिहीबारको सम्झौतामा ५२ सेन्टले वृद्वि भई प्रतिव्यारेल १०२.३२ डलर कायम भएको छ । |
Warning: Invalid argument supplied for foreach() in /home/a4052718/public_html/inc/printFunction.inc.php on line 60
|